समावेशी स्वास्थ्य सु शासन र युवा नेतृत्वको भूमिका (Inclusive Health Governance and Role of Youth Leaders) मोहम्मद असलम शैख खोप फिल्ड अधिकृत WHO -IPD
समावेशीकरण समावेशीकरण साझा शासनको अवधारणा हो । खास गरी राज्यको मूलधारमा आउन नसकेका वर्ग समुदायलाई मूलधारमा ल्याउन गरिने प्रयत्न हो समावेशीकरण । राज्यमा बञ्चितीकरण र बहिष्करणमा परेका वर्ग समुदायलाई प्रवाहीकरण गर्नु हो समावेशीकरण । यसले शासन प्रणालीका विभिन्न अङ्गहरूमा सबैको प्रतिनिधित्वको सुनिश्चितता गर्दछ । राष्ट्रमा सारभूत समानता कायम गर्ने, स्रोत र साधनमा सबैको पहुँच कायम राख्दछ समावेशीकरणले । त्यसैले यसलाई ‘ Rightful Sharing of Power, Resources and Opportunities ’ पनि भनिन्छ ।
समावेशीकरणको इतिहास सन् १९९७ मा ग्रिक दार्शनिक टाकिस फोटोपाउलसले यो शब्दलाई लोकतन्त्रसँग जोडेका थिए । उनको प्रख्यात कृति ‘ Towards an Inclusive Democracy ’ मार्फत यसको वकालत गरेका छन् । समावेशी राज्य स्थापना गर्ने एउटा महत्त्वपूर्ण आधारको रूपमा यसको अवधारणा विकास भएको हो । शासन व्यवस्थामा कुनै पनि कारण र आधारबाट कोही पनि बहिष्कृत हुनु हुँदैन । समाजमा सबैको अवस्था, क्षमता, हैसियत, परिवेश समान हुँदैन । राज्य नागरिकको अभिभावक हो । कुनै पनि कारण र आधारबाट राज्य व्यवस्थामा असमानता आउनु हुँदैन । यदि आएको छ भने त्यसलाई हटाउनुपर्दछ । त्यही हटाउने उपाय हो : समावेशीकरण । जसलाई विविधता व्यवस्थापनको पर्यायवाची भनेर पनि बुझिन्छ ।
नेपालमा समावेशीकरण : वि.स. २०४६ सालको पञ्चायती व्यवस्थाको खारेज गरी बहुदलीय व्यवस्था लागू भएसँगै समावेशीकरणका आवाजहरू कँहीकतै गुन्जे पनि २०६२/०६३ को जनआन्दोलन पश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै यसको मुद्दाले सार्थकता पाएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले समानुपातिक निर्वाचन प्रणाली संविधानसभाको निर्वाचनमा प्रयोग गरेसँगै हाम्रो संविधानसभा समावेशी बन्यो । वर्तमान नेपालको संविधान, २०७२ लाई सरसरती हेर्दा सिङ्गो संविधान नै समावेशीकरणलाई व्यवस्थापन गर्न बनेको दस्ताबेज जस्तो लाग्दछ ।
नेपालको संविधान, २०७२ मा भएका व्यवस्थाहरू संविधानको प्रस्तावनामा नै विविधताको सम्बोधन गरिएको छ धारा १८ मा सकारात्मक विभेद सहितको समानताको हक को व्यवस्था छ । धारा ५१ (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी १४ वटा नीतिहरू अङ्गीकार गरिएको छ । तिन तहका कार्यपालिका (सङ्घीय, प्रदेश र स्थानीय ) समावेशी संरचनामा बनाउनु पर्ने संवैधानिक प्रावधान छ । निजामती सेवा ऐन लगायतका ऐनहरूले सार्वजनिक सेवाहरूमा आरक्षण सहितको नीति अङ्गीकार गरेको छ ।
समावेशी स्वास्थ्य र सुशासन समावेशी स्वास्थ्य ( Inclusive Health) भन्नाले स्वास्थ्य सेवामा सबै जातजाति, लिङ्ग, उमेर, भौगोलिक क्षेत्र, सामाजिक-आर्थिक वर्ग, अपाङ्गता भएका व्यक्ति लगायतका समुदायलाई समान अवसर, समान पहुँच र सहभागिता सुनिश्चित गर्ने प्रणालीलाई बुझिन्छ। स्वास्थ्य सुशासन ( Health Governance): sfg"gL / fHosf ] dfGotfnfO { ;+: yfut ug{ / fHo ;+ oGqsf स्वास्थ्य sf ;j} If] qdf ; xeflutf , kf / blz { tf , hjfkmb ] lxtf / e|i6frf/ z"Go ; xglzntfsf ] cj:yf l;h {gf u/L गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग सुनिश्चित गर्ने
स्वास्थ्यमा समावेशिता र सुशासन नेपालको संविधानले प्रत्येक नागरिकलाई समानता, सामाजिक न्याय र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य सेवाको समान पहुँचलाई मौलिक हकको रूपमा समावेश गरेको छ। स्स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई उच्च प्राथमिकतामा राखिएको छ । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न , स्वास्थ्य सेवाको भरपर्दो व्यवस्था गर्न स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति (२०८०) सञ्चालनमा आएको छ।
स्वास्थ्यमा समावेशिता र सुशासन राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले संघीय संरचनामा सबै वर्गका नागरिकको लागि सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग सुनिश्चित गर्ने लक्ष्य राखेको छ। स्वास्थ्य सेवाको पहुँच बाहिर परेकाहरूलाई समेट्ने राष्ट्रिय रणनीति (२०७३–२०८८) नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०७९÷०८०–२०८७÷०८८), दिगो विकास लक्ष्य (२०७३–२०८७) लगायतका स्वास्थ्यसम्बन्धी नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न जनस्वास्थ्य सेवा ऐन, २०७५ लागू गरिएको छ।
समावेशी स्वास्थ्य सुशासनका रणनीतिहरु समान पहुँच र समावेशिता सहभागिता पारदर्शिता उत्तरदायित्व विकेन्द्रीकरण गुणस्तर र प्रभावकारिता समता र सामाजिक न्याय
समावेशीकरणका विधिहरू : सकारात्मक विभेद समानुपातिक प्रतिनिधित्व आरक्षण लक्षित वर्गका कार्यक्रमहरू सामाजिक सुरक्षा स्वायत्तता विशेष अधिकार प्रदान विकेन्द्रीकरण सङ्घीयता आदि
नेपालमा समावेशी स्वास्थ्य सुशासनका प्रयासहरु स्वास्थ्यमा विकेन्द्रीकरण ( Decentralization in Health): गाउँपालिका र नगरपालिका स्तरमै स्वास्थ्य शाखा स्थापना, स्थानीय बजेटले प्राथमिक स्वास्थ्य केन्द्र र औषधि आपूर्ति व्यवस्थापन। निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम : गरीब, महिला, बालबालिका, वृद्ध र दलित समुदायलाई लक्षित। 70 वर्षभन्दा माथिका नागरिकलाई वरिष्ठ नागरिक भत्ता र निःशुल्क स्वास्थ्य उपचार , मातृत्व स्वास्थ्य सेवामा Safe Motherhood कार्यक्रम । समुदाय–आधारित स्वास्थ्य बीमा कार्यक्रम ( Community Based Health Insurance) महिला स्वास्थ्य स्वयंसेविका ( FCHVs) को सहभागिता : महिलामार्फत टोलटोलमा स्वास्थ्य जानकारी र सेवा पुर्याउने। बाल स्वास्थ्य, पोषण, खोप र परिवार नियोजन सेवामा FCHVs को सक्रियता । स्वास्थ्यमा सामाजिक उत्तरदायित्व ( Social Accountability Tools): स्थानीय तहमा सार्वजनिक सुनुवाइ ( Public Hearing) र सोसल अडिट ( Social Audit) ।
समावेशी स्वास्थ्य सुशासन र युवा नेतृत्वको भूमिका युवा नेतृत्व र समावेशी नीति निर्माण ( Youth Leadership in Inclusive Policy Making) युवाहरू नीति निर्माण र निर्णय प्रक्रियामा आफ्नो आवाज उठाउन , प्समाजका विभिन्न समुदायहरूको प्रतिनिधित्व गर्न नीतिहरूमा समावेशिता र समानता सुनिश्चित गर्न। समान स्वास्थ्य पहुँच का लागि युवाले पारदर्शिता र न्याय को पक्षमा आवाज उठाउन।
समावेशी स्वास्थ्य सुशासन र युवा नेतृत्वको भूमिका 2. स्वास्थ्य सेवा वितरणमा युवा साझेदारी ( Youth Participation in Health Service Delivery) स्वास्थ्य सेवा र कार्यक्रमहरूको कार्यान्वयन र निगरानीमा युवा टोलीहरूको सक्रिय सहभागिता। स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संवर्धन समूह मा युवाहरूको योगदान स्मार्टफोन र सामाजिक मिडिया जस्ता उपकरण प्रयोग गरेर स्वास्थ्य सेवाहरूको प्रचार र जानकारी वितरण। 3 . समुदायमा स्वास्थ्य चेतना फैलाउने ( Raising Health Awareness in Communities) युवाहरू समुदायमा स्वास्थ्य चेतना फैलाउने र स्वास्थ्य सेवामा समान पहुँचको लागि प्रयास। स्वास्थ्य शिक्षामा भागीदारी र समाजका असुविधित समुदाय लाई लक्षित गरि स्वास्थ्य सन्देशहरू पुर्याउने। सामाजिक मिडिया मा स्वास्थ्यका बारेमा जागरूकता फैलाउने (जस्तै लिङ्ग समानता , मातृ स्वास्थ्य , बाल स्वास्थ्य आदि)। Youth for Change जस्ता पहलहरू, जसले युवाहरूलाई प्रतिक्रियात्मक स्वास्थ्य चेतनासँग जोड्न मद्दत गर्छ
समावेशी स्वास्थ्य सुशासन र युवा नेतृत्वको भूमिका 4 . नवीनतम प्रविधि र नवविचारको प्रयोग ( Use of Technology and Innovation) प्रविधि र नवविचारमा युवाहरूको प्रमुख भूमिका हुन सक्छ, जसले स्वास्थ्य सेवा र सूचना वितरणलाई सजिलो र प्रभावकारी बनाउँछ। स्वास्थ्य एप्स र डिजिटल प्लेटफर्म का माध्यमबाट स्वास्थ्य जानकारी र सेवामा सुधार ल्याउन। डेटा विश्लेषण र स्वास्थ्य निगरानी मा नवीनतम प्रविधिको उपयोग। स्वास्थ्य जानकारीका लागि मोबाइल एप्स , टेलिहेल्थ ( Telehealth), डिजिटल रेकर्डिङ र अनलाइन स्वास्थ्य परामर्श जस्ता कार्यमा युवाको योगदान।
समावेशी स्वास्थ्य सुशासन र युवा नेतृत्वको भूमिका 5. स्वास्थ्य नीति निगरानी र सामाजिक उत्तरदायित्व ( Monitoring Health Policies & Social Accountability) स्वास्थ्य नीतिहरू र कार्यक्रमहरूको निगरानीमा युवाहरूले सामाजिक उत्तरदायित्व निभाउँछन् र कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्छन्। सामाजिक अडिट र स्थानीय तहमा स्वास्थ्य निगरानी गर्न युवा टोलीहरूको गठन स्वास्थ्य सेवाको गुणस्तर र समान पहुँच का लागि पारदर्शिता कायम राख्न दबाब दिनु। स्वास्थ्य सेवा निगरानी समितिहरू , जसमा युवाहरूलाई जिम्मेवारी दिइन्छ।